हेडलाईनसमाचारविजनेसप्रदेश

नेपालको बिजुली  बंगलादेश निर्यात

प्रहार समाचार । काठमाडौँ , ३० कात्तिक २०८१ शुक्रवार । नेपालको बिजुली  बंगलादेशमा निर्यात हुन थालेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली  निर्यात थालेको हो ।​

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्‌मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्विच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरेका हुन् ।

नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार एक कार्यक्रमका बीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो। भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुनेछ ।​​​

उद्‌घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । 

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात शुरू गरिएको हो ।- लोकान्तरबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button