व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँ उद्योग वाणिज्य संघले तनहुँका प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

प्रहार समाचार । तनहुँ, ३० कात्तिक २०८१ शुक्रवार । तनहुँ उद्योग वाणिज्य संघले  तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकुष्ण थापालाई स्वागत गरेको छ । भखरै तनहुँको प्रशासनको जिम्मेवारी सम्हालेका  प्रमुख जिल्ला अधिकारी थापालाई संघले स्वागत एवं परिचयात्मक कार्यक्रम गरेको हो ।

त्यस अवसरमा बोल्दै  प्रमुख जिल्ला अधिकारी थापाले व्यवसायीहरूलाई व्यवसायिक वातावरण वनाउन लाग्ने बताए । निधक्क भएर व्यापार व्यवसाय गर्न प्रजिअ थापाको भनाई थियो । सरकारले मात्रै कुनै काम एक्लै गछु भनेर सम्भव नभएको र निजी क्षेत्र संगै संगसंगै जानुपर्ने  प्रमुख  जिल्ला अधिकारी थापाको जोड थियो ।


संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले उद्योग व्यावसायीहरुले हरेक समयमा जिल्लामा परेको अप्ठयारामा सहयोग गर्दै आएको बताउँदै उद्योगि , व्यापारी लगायत आम जिल्लबासीको शान्तिसुरक्षा कायम राख्न प्रशासनको दायित्व रहेको बताए ।

कार्यक्रमा  संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ , पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ , वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ सभापति शुकनारायण मल्ल लगायतले आआफ्नो धारणा राखेका थिए ।

यसैबिच शुक्लागण्डकी नगर उद्योग वाण्ज्यि संघका अध्यक्ष एवं पदाधिकारीलाई तनहुँ उद्योग वाण्ज्यि संघले  शुक्रवार बधाई एवं सम्मान कार्यक्रम गरेको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ एवं पदाधिकारीहरुलाई तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मिश्र एवं पदाधिकारी एवं पूर्वअध्यक्षहरुले सम्मान गरेका हुन् ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले तनहुँ उद्योग वाणिज्य संघ संग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठले उद्योगी व्यावसायी संगै मिलेर अगाडी बढेको खण्डमा आगामी दिनमा झनै अगाडी बढ्न सकिने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button