प्रहार समाचार । तनहुँ, ३० कात्तिक २०८१ शुक्रवार । तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल पवित्र देवघाटधाममा ‘देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८१’ सम्पन्न भएको छ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा , भरतपुर उपमहानगरपालिकाका प्रमुख रेणु दाहाल , गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान ,देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल ,धर्मार्थ अस्पताल देवघाटका इन्चार्ज भुवन सुवेदी,चक्रवर्ती मणिमुकुन्देश्वर टोलका सचिव रामहरि पुडासैनी,मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना,देवघाट क्षेत्री समाजका अध्यक्ष गणेश थापा, देवपुर टोलका अध्यक्ष सुकु गुरूङ देवघाट गाउँपालिकामा रहेका विभिन्न आश्रमका प्रमुख , विभिन्न धार्मिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

देवघाटधामको बेणी संगमबाट सुरु भएको उक्त उक्त परिक्रमा कार्यक्रम अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिएको थियो ।
यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशधाम क्षेत्र, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ । उता नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आएर समापन गरिएको महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्र प्रसाद पौडेलले प्रहार समाचारलाई बताए ।
उक्त महोत्सवमा देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमागरि बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसार गरिएको देवघाट गाउँपालिकाका पर्यटन शाखाका हाेम बहादुर भारतीले जानकारी दिए ।

























