हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीस्वास्थ्य

तनहुँको शुक्लागण्डकी नगरपालिकामा महिलाहरुको निशुल्क पाठेघरको परीक्षण तथा उपचार शिविर सञ्चालन

प्रहार समाचार । तनहुँ, २९ कात्तिक २०८१ बिहिवार । तनहुँको शुक्लागण्डकी नगरपालिकाले महिलाहरुको निशुल्क पाठेघरको परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ।  नगरभित्रका ५ सय ३३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २ सय ५९ जनामा पाठेघरको समस्या देखिएको थियो । तस्बिर : प्रहार अनलाईन मिडिया

शिविरमा ३८ जना महिलालाई रिङ लगाइएको र ८ जनालाई अप्रेसनको लागि सिफारीस गरिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले जानकारी दिए । उनका अनुसार सिफारीस गरिएका बिरामीको चिर मेमोरियल हस्पिटल बनेपामा निशुल्क अप्रेसन हुने छ ।

शिविर वुमन फर वुमन फाउण्डेसन नेदरल्याण्ड र वाइल्ड गान्जेन फाउण्डेसनको सहयोगमा सञ्चालन गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button