हेडलाईनसमाचारप्रदेशखेलकुद

विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई  जनही दुई लाख ५० हजार पुरस्कार

प्रहार समाचार । काठमाडौँ, २९ कात्तिक २०८१ बिहिवार ।  पहिलो पटक यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले प्रोत्साहन स्वरूप जनही दुई लाख ५० हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार रूपैयाँ पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यू–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button