प्रहार समाचार । तनहुँ, २९ कात्तिक २०८१ बिहीवार । तनहुँको भानु नगरपालिका वडा नं १३ पोखरीछाप स्थाई बसोबास गर्ने ब्लड क्यान्सर पीडित जमुना माया गुरुङलाई उपचारको लागि आर्थिक सहयोग गरिदिन परिवारजनले सबैमा अपिल गरेका छन्।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै ५३ वर्षिया जमुना मायाको परिवारले सहयोगको याचना गरेको हो।
श्रीमान् चित्र बहादुर गुरुङले आफ्नो श्रीमति केही महिना यता बिरामी भएको र जाँच गर्न जाँदा उनलाई ब्लडक्यान्सर भएको पत्ता लागेको र उपचारका लागि आर्थिक अभाव भएकाले स्थानीय सरकार, संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन्।
ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका जमुना माया गुरुङको नेपालको विभिन्न अस्पतालहरुमा उपचार हुन नसकेपछि भारतको राजधानी दिल्ली स्थित एक अस्पतालमा रिफर गरेको भए पनि उपचारमा चाहिने पैसाको अभाव भएको श्रीमान् चित्रबहादुरको भनाई छ।
क्यान्सर पीडित जमुनालाई आर्थिक सहयोग गर्न चाहनुहुने मनकारी ब्याक्तित्वहरुले जमुना माया गुरुङको सन राईज बैङ्क, दमौली शाखामा रहेको खाता नं ००५०९८३२००२०८००१ मा सहयोग वा ९८२६१६२ ३७४ मोवाइल नम्बरमा फोन गरि जानकारी दिनुहुन पनि श्रीमान् चित्रबहादुरले अनुरोध गरेका छन् ।
























