हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेशसभा सदस्य  गौचनको  निधन

प्रहार समाचार । तनहुँ, २९ कात्तिक २०८१ बिहीवार । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जानकारी दिए।

गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् ।  गौचनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । –रासस


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button