हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपाल यू–१९ महिला विश्वकपमा छनोट : इतिहाँस रच्दै महिला क्रिकेटर

प्रहार समाचार । काठमाडौँ, २८ कात्तिक २०८१ बुधवार । नेपाल यू–१९ महिला विश्वकपमा छनोट भएसङ्गै महिला क्रिकेटरहरुले नयाँ इतिहाँस रचन सफल भएका छन् ।


एसिया छनोटअन्तर्गत आज  भएको खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौंट भएको हो ।

यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महतोले २१ र सावित्रा धामीले १२ रन बनाइन् । साथै, सोनी पाख्रिनले १३ रन जोडिन् । यसअघि घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।

यूएईका लागि समाइरा धरनिधर्कले ३० र रिनिता राजितले २० रन बनाइन् । नेपालका लागि कृश्मा गुरुङले ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २–२ तथा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button