हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

पृथ्वी राजमार्ग दैनिक चारघण्टा बन्द हुने: यात्रुलाई सकस

प्रहार समाचार । तनहुँ, २९ कात्तिक २०८१ बिहीवार । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडक योजनाको (पूर्वी खण्ड ) आगामी मंसिर ३ गते देखि दैनिक चार घण्टा  बन्द गरिने भएको छ । जस्ले गर्दा यात्रुहरुलाई सकस हुने भएको छ। जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनदेखि देउराली सडक खण्डमा दुर्ई चरणमा राजमार्ग नै बन्द गरेर निर्माण कार्य गर्न लागेको हो । तस्विर : प्रहार अनलाईन मिडिया

सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि यस सडक खण्डमा सवारी आवतजावतमा रोक लगाइएको हो । आयोजना निर्देशनालय एडीबी सासेक मुग्लिन पोखरा राजमार्ग सुधार–१ योजनाले आज एक सूचना जारी गरेर सो कुराको जानकारी दिएको  गराएको हो । 
उक्त सडक खण्डमा मंसिर ३ गतेदेखि २३ गतेसम्म राती ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने आयोजनाले जनाएको छ । बिहान १ बजेदेखि १ : ३० बजेसम्म सडक आवागमन खुल्ला गरिनेछ  ।
त्यसैगरी पुनः दोस्रो चरणमा बिहान १ : ३० बजेबाट बिहान  ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने भएको सूचनामा उल्लेख छ।

उक्त अवधिमा रोकिने सवारी साधानले सवारी रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगरिदिन समेत अनुरोध गरिएको छ । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने आयोजनाको सूचनामा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button