• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २८ कात्तिक २०८१ बुधवार । लमजुङ प्रहरीले लमजुङ सदरमुकाम बेंसीसहरबाट अबैध लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुई जना यूवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ बेंसीसहर नगरपालिका वडा नम्बर –१० घर भइ हाल बेसीशहर-७, सातबिसे डेरा गरि बस्ने २५ वर्षीय उमेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका –८,घर भइ हाल बेसीशहर वडा नम्बर-७,सातबिसे डेरा गरि बस्ने २६ वर्षीय खुमबहादुर गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए।
उनिहरुलाई प्रहरीले उनिहरुको कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको कोठाबाट लागू औषध ट्रमा लेखिएको ट्रमा डोल हाइट्रो क्लोरीड क्याप्सुल आई पी ५० ग्राम ३ सय ५३ वटा क्याप्सुल (३५ पत्ता) र नगद ३५ हजार ४ सय ३० बरामद गरि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका दुई जना युवकलाई जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
























