• विजय अधिकारी( संवाददाता ) प्रहार समाचार । लमजुङ २८ कात्तिक २०८१ बुधवार । लमजुङ प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ जिल्लाको क्वहोलासोथार गाउँपालिका वडा नं-९,छापा गाउँ बस्ने ५० बर्षका मंगले परियार रहेका छन् ।
प्रहरीलाई प्राप्त विशेष सुचना र सुराकीको आधारमा प्रहरी चौकी गिलुङबाट खटि गएको प्रहरी टोलीले उनको घर नजिक जंगलको भिरमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक बरामत गरेको छ। प्रहरीले एक नाले भरुवा बन्दुक सहित परियारलाई पक्राउ गरिएको लमजुङ जिल्लाका प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
डिएसपी श्रीवास्तवले गिलुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो । परियारले सोमबार सम्म पनि बन्दुक आफ्नो नभएको भने पछी छोडिएको र पुनः नियन्त्रणमा लिएर केरकार गरेपछि मंगलेले बन्दुक आफ्नो भएको स्वीकार गरेपछी कार्वाही प्रक्रिया अघि बढाएको प्रहार समाचारलाई बताए ।
परिचारलाई जिल्ला अदालत लमजुङबाट मंगलबार ७ दिनको म्याद थपगरी हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

























