• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ २८ कात्तिक २०८१ बिहिवार । बेसीशहर नगरपालिका वडा नम्बर -८,बस्ने विभिन्न ठाउँका साथीहरु मिलेर तिहारको देउसीभैलाेबाट संकलित दानबाट इच्छा कटाैती गरि मानव सेव आश्रममा सहयोग गरेका छन् ।

देउसीभैलाेबाट संकलित रकमबाट अति आवश्यक खाद्यान्न, तरकारी लगायतका सामाग्रीहरु मानव सेवा आश्रमलाई स-प्रेम प्रदान गरेका हुन् । हाम्रो चाहना – सबैको लागि खाना, नाना, छाना स्वास्थ्य र शिक्षा नाराका साथ स्थापित आश्रमले स्थानिय निरज अधिकारी, रविन गुरुङ ,गम बहादुर गुरुङ,जनक भुसाल ,तुलकाशी गुरुङ ,प्रेमीका गुरुङ,मन काशी गुरुङ ,माया तामाङ र राज कुमारी गुरुङ लगायत सम्पुर्ण परिवारजनमा धन्यवाद ज्ञापन गरेको छ।
























