प्रहार समाचार । काठमाडौँ , २८ कात्तिक २०८१ बुधवार । आज नेपाल आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुँदै छ।

यो , जसले अर्को वर्ष मलेसिया हुने विश्वकपमा एसियाबाट पुग्ने एक टोलीको टुंगो लगाउने छ । युएई मात्रै त्यस्तो टोली हो, जसले हारको सामना गर्न परेको छैन । पाँच खेलमा १० अंक पुर्याएको युएई अंकमा मात्रै होइन नेट रनरेटमा पनि नेपालभन्दा अगाडि छ । चौथो खेलमा युएईसँग १३ रनले पराजित भएसँगै नेपाल छनोटमा पछि परेको थियो । युएईले पाँचौं खेलमा थाइल्यान्डलाई नौ विकेटले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ । यस्तोमा बुधबार हुने युएई र नेपालबीचको अन्तिम खेलले नै यो क्षेत्रबाट अर्को वर्ष मलेसिया हुने विश्वकपमा पुग्ने टोलीको टुंगो लगाउने छ ।
प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जीत र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध जित्नुपर्ने दबाब छ।
























