प्रहार समाचार । तनहुँ २८ कात्तिक २०८१ बुधवार । तनहुँको भानु नगरपालिका वडा-१ स्थित सतिघाटधामा कार्तिक शुल्क हरिबोधनी एकादशी मेला-२०८१ सम्पन्न भएको छ।
तस्विरहरु : राजेश कार्की





ऐतिहासिक धार्मिक स्थल मर्स्याङदी नदि किनारामा बर्षौ पछि सतिघाटधाम संरक्षण तथा प्रवर्दन समितिको आयोजना र भानु नगरपालिकाको संरक्षणमा पहिलो पटक मेला सम्पन्न भएको हो।
तीन दिन भित्रको तयारीमा थालनी गरेको प्रयासले ऐतिहासिक सतिघाट मेलामा भक्तजनहरुको उपस्थितिले थप गरिमा बढाएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । नगर प्रमुख त्रिपाठीपहिलो आगमी दिनहरुमा अझै थप कार्यक्रमहरुकासाथ ओजिलो पाराले कार्यक्रम सञ्चालन गरि सतिघाटको महत्वलाई उजागर गरिने बताए । मेलामा निशुल्क स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो भने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
























