प्रहार समाचार । काठमाडौँ, २८ कात्तिक २०८१ बुधवार । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।


आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसै उता आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने पनि महाशाखाद्वारा जारिगरिएको नियमित बुलेटिनमा उल्लेख छ।
























