प्रहार समाचार । तनहुँ , १८ कात्तिक २०८१ आइतवार । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको पाँचौं दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन टिकाको साइत आज विहान ११ः३७ बजे रहेकोको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । भाइटीकाको टीका लगाउन आज दिनभर बाधा अड्यन नभए पनि साइतलाई कुनै गरिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

























