हेडलाईनसमाचारगण्डकी

तिहारको मुखैमा लमजुङमा १० जना जुवाडे पक्राउ :  २ लाख ७२ हजार बढि बरामत

•विजय अधिकारी । ( संवाददाता ) । प्रहार समाचार । लमजुङ , १७ कात्तिक २०८१ शनिबार । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाको बेसीशहर नगरपालिका वडा नं.- ०३ गाउँशहर पात्लेबाट तिहारको मुखैमा १० जना जुवाडेलाई नगद रु २ लाख ७२ हजार ३ सय ३५ रुपैया सहित पक्राउ गरेको छ ।

आज १७ गते शनिबार   राती अन्दाजी  ०१:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको प्रहरी निरीक्षक टुल बहादुर श्रेष्ठ सहितको बिशेष टोलीले लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ०३ गाउँशहर पात्ले स्थित कबिन्द्र गुरुङले संचालन गरेको काउलेपानी सामुदायिक होम स्टे बाट ती जुवाडेहरुलाई पक्राउ गरेको हो । 

उनिहरुले  हार जितको बाजी राखी जुवा(कौडा) खेल्दै गरेका १० जनालाई फेलापारी नगद रु २ लाख ७२ हजार ३ सय ३५ रूपैयाँ र कौडा थान १५ सहित पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button