हेडलाईनव्याससमाचारगण्डकी

तिहारको मुखैमा तनहुँमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८१ शनिवार । तिहारको मुखैमा  आज साँझ  तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १०, अधेरीभञ्ज्याङमा धारिलो हतियार  चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ। तस्बिर : साङ्केतिक

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानका अनुसार  मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलिप तामाङ रहेका छन्। तामाङलाई उनकै साथी भक्तपुरका विशाल थापाले सामान्य विवाद हुँदा भनाभन भएपछि धारिलो हतियार  चक्कुले प्रहार गरेकाे अनुसन्धानबाट खुलेको  प्रहरीको भनाई रहेको छ।


दुबै जना विश्व बैंकको सहयोगमा  व्यास  नगरपालिकाका चार वडा जोड्ने  सडकको काम गर्ने मजदुर रहेको बताइएको छ।
चक्कु प्रहार गर्ने विशाल थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button