हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

गौ संरक्षण केन्द्रमा सामुहिक गौ  पुजन  : गाई संरक्षणको लागि  अक्षयकोष स्थापना

प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८१ शनिवार ।गाई पुजाको अवसर पारेर आज  व्यास नगरपालिका वडा नं १० दुम्सी स्थित गौसंरक्षण तथा सरसफाई केन्द्रमा  सामुहिक गाई तथा गोर्वधन पुजा गरिएको छ । त्यस अवसरम स्वतस्फुर्त रूपमा गाईको संरक्षणका लागि अक्षयकोष स्थापना गरिएको छ ।

सो पुजामा सहभागी हुन हिन्दुधर्मालम्बीहरुको ठुलो भिड लागेको थियो । भक्तजनले गाईको पुजा गर्नुका साथै गाईलाई दाना, चोकर तथा पराल खुवाएका थिए ।

नेपालीको ठुलो पर्व तिहारको गाई तथा गोबर्धन पूजाको अवसरमा केन्द्रले अक्षयकोषको घोषणा गरिएको छ ।
पहिलो दिनमा नै दाताहरुबाट करीव एक लाख सङ्कलन भएको र एक करोड पुऱ्याउने लक्ष्य राखिएको केन्द्रका अध्यक्ष तथा व्यास नगरपालिका वडा नम्बर १० का निर्बतमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

केन्द्रमा हाल एक सय सात वटा गाई रहेको र गाईहरुको सङ्ख्या बढ्दै गईरहेकोले राम्रोसँग पालन पोषण गर्नु पर्ने भएकोले अक्षय कोष स्थापना गरिएको सापकोटाको भनाई छ।  गाई संरक्षणको लागि व्यास नगरपालिकाले  गौरवको योजनामा समावेश गरेको छ । संरक्षणको लागि गौशाला सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।  

गाई संरक्षण गर्ने र सहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्नका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।  गाईलाई हिन्दु धर्म अनुसार पुज्ने गरिएकोमा हाल मानिस व्यवसायिक बन्दै जाँदा रैथाने गाईले दुध कम दिने हुँदा हेला भएकोले संरक्षण गरिएको व्यास नगरपालिकाका प्रमुख न्यौपाने को भनाई छ । ‘नगरपालिकाबाट गाईको संरक्षणको लागि तीन जना कर्मचारीलाई तलबको व्यवस्था गर्नुका साथै आहाराको लागि वार्षिक पाँच लाख देखि १० लाख छुट्टाउने गरेका छौं ।’ – नगर प्रमुख न्यौपानेले भने ।

हिन्दू वैदिक सनातन धर्ममा गाईको महत्व धेरै छ । हिन्दूहरूले गर्ने कर्मकाण्डमा पनि गाईको गोबर, मूत्र र दूधलाई पवित्र वस्तुका रुपमा प्रयोग गरिन्छ । बालबालिकादेखि सबै उमेर समूहको गौ रक्षाका निम्ति सहयोग प्राप्त भएपछि गाई पाल्नको लागि सहज भएको छ ।  विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेको गाई संरक्षण केन्द्रले जनाएको छ । गाईको संरक्षणको साथै छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित वि.सं. २०७६ सालदेखि देखि  केन्द्र सञ्चालनमा ल्याइएको हो ।

गाईलाई चर्नको लागि घाँसे मैदानको व्यवस्था गरिएको छ । चर्न नसक्ने बुढा तथा जर्सी गाईलाई काटेर घाँस खुवाउनको लागि मादी नदी किनारमा हरियो घाँसे मैदान बनाईएको छ । केन्द्रले दूध दिन छाडेका, थुनेलो भएका, बूढा भएका र बेवारिसे भएका गाई संरक्षण गरेको छ । बूढा भएका गाई मरे केन्द्र नजिक गिद्धको आहारको लागि नगाडीकन खुला रुपमै  खाल्डो नजिक राखिदिने गरेका छन् ।

व्यास नगरपालिकाका प्रमुख न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ न्यौपाने, व्यास नगरपालिका वडा नम्बर १० वडाध्यक्ष खेमराज पोखरेल, नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले, वेदानुयायी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष पण्डित कृष्णकान्त काफ्ले, मनकामना आश्रमका अध्यक्ष राजेन्द्र अधिकारी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष आरसी पोख्रेल, नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई लगायतले गाईबाट धेरै लाभ लिन सकिने भए पनि त्यस सम्बन्धि योजना बन्न ढिलाई भएको गुनासो गर्दै गाईको संरक्षणको लागि सबैको साथ र सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए ।


आज अक्षयकोषमा आफ्ना पितृहरुको सम्झनामा सहयोग गर्ने दाताहरु :
• व्यास १, अम्रेनी निवासी प्रकाश पौडेलबाट २ हजार १ सय ५
• व्यास २, दमौली निवासी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रबाट ११ हजार १ सय ११
• आँबुखैरेनी निवासी यमकुमारी अधिकारीबाट १० हजार ५

• व्यास ४ निवासी नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईबाट १० हजार

• व्यास २ दमौली निवासी बेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेबाट ५ हजार ५ सय ५५
• व्यास ११ निवासी मनकामना आश्रमका अध्यक्ष राजेन्द्र अधिकारीबाट ५ हजार १ सय ५

• व्यास २ निवासी गौरी थापा गोदारबाट ५ हजार ५
• व्यास १३ निवासी पार्वती थापा जोशीबाट ५ हजार ५५
• व्यास ११ निवासी कृष्ण गिरीबाट ५ हजार १५
• व्यास ११ मुलपानीका विद्यायक भट्टराईबाट २  हजार १  सय
• व्यास १ निवासी नेका व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेबाट २१ सय


• व्यास २ निवासी नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल ( आर सि ) बाट २ हजार ५ सय दान प्राप्त भएको छ।

अरु दाताहरुको नामावली क्रमश प्रकाशित गरिने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button