प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८१ शनिबार । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवं तनहुँ शाखाका पूर्व अध्यक्ष प्रदीप काफ्लेलाई मातृशोक परेको छ।

आमा दिपकुमारी काफ्लेको ७६ बर्षको उमेर मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको बिहीबार ११ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय आमाको आज मादि र सेती नदिको संगमस्थल दमौली घाटमा अन्तिम दाहसंस्कार गरियो । स्वर्गीय काफ्लेको पार्थिव शरिरमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल , व्यास नगर प्रमुख बैकुष्ठ न्यौपाने , संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ लगायत समाजसेवी , बुद्धिजिबी , उद्योगी , व्यापारी , पत्रकार लगायतले अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ तनहुँ शाखाले हिंजो शोक विज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शाखाका सचिव प्रताप रानाले बिज्ञप्ती जारी गर्दै शाखाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय आमा काफ्लेका तीन छोराहरु प्रदिप, सुदिप र सुमन काफ्ले र छोरीहरु चम्पा, प्रभा र लक्ष्मी रहेका छन्।
























