प्रहार समाचार । १८ कात्तिक २०८१ आईतबार । पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–५ मा मोटर साईकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यू भएको छ।
तस्बिर : संङ्केतिक

प्रदेश २ को ९९४२ मोटरसाईकल दुर्घटनामा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–२ दमौली बस्ने वर्ष २२ सुमित शाहको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल अनियन्त्रित भई नाहालमा खसेको आइतबार बिहान स्थानीयले देखेपछि उद्धार गर्न जाँदा मृत्यु भएको पाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । रातको समयमा सवारी चालाउने क्रममा अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला गरिएको र घटनाको वितृत विरण आउन बाँकी रहेको पासवानले जानकारी दिए ।
मोटरसाईकल कता जाँदै थियो भन्ने खुल्न बाँकी ,घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शाहको साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका–१ भादगाउँ, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा बिबिएर तेस्रो वर्षमा अध्ययरत रहेको खुले प्रहरीले जनाएको छ। तस्बिर : साङ्केतिक

























