हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज भाईटीका : दिदीबहिनीले दाजुभाईलाई  सप्तरङ्गी टीका लगाइदिएर मनाइयो

• विजय अधिकारी । ( संवाददाता ) लमजुङ , १८ कात्तिक २०८१ आईतबार । प्रत्येक बर्ष कार्तिक शुक्ल द्दितियाका दिन मनाईने नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दिदीबहिनीले दाजुभाईलाई श्रद्धा,आस्था र निष्ठाका साथ दिर्घायु,आरोग्य र एश्वर्या प्राप्तिको कामना गर्दै नेपाली परम्परा अनुसार पञ्चरङ्गी र सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ।

दिदीबहिनीलाई पुजा गर्नाले अखण्ड सौभाग्य र ऎश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।  यस बर्षको भाईटीको उत्तम साईत आइतबार बिहान ११ बजेर ३७ मिनेटमा थियो ।  भाई टीका लगाई दिने दिदी बैनीले पुर्व र लगाई माग्ने दाजु भाईहरुले  पश्चिम तराई  फर्किएर टिका लगाए । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।

लक्ष्मी पुजाका दिन स्थापना गरिएको दियो,कलश र गणेशको आज पुजा गरि मुल थालिमा लेखिएको अष्टदलमा मार्कण्डेय,अश्वथामा,वलि,व्यास,हनुमान,विभिषण,कृपाचार्य र परशुराम गरि अष्ट चिरञ्जीवी,चित्रगुप्त,यमराज,यमुना र धर्मराज गणपत्यादी वनस्पत्यन्त देवताको समेत पुजा आराधना गरि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका,मखमली,सयपत्री वा गोदावरी लगायत फुलको माला लगाई दिए ।

टीका लगाई दिए पछी दिदीबहिनीले दाजुभाइलाई ओखर,कटुस,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने
र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार-प्रसार गरिएको भएता पनि शास्त्रीय मान्यतामा भने तिहारमा लगाउने टीकाको रङ रातो,सेतो,पहेँलो,हरियो र नीलो गरि पाँच वटा उल्लेख गरिएको नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button