साहित्यप्रदेश

साहित्य : चारु

भुल्नु हुन्न संविधान सच्याउन जान्नुपर्छ हेर
बेरोजगारले नेटो काटिसक्यो मान्नुपर्छ हेर ।

सबैको घरमा सुख र शान्तिको आभास आएमा
उज्यालो दीप जल्नलाई खुशी तान्नुपर्छ हेर ।

हत्याहिंसा रोकिदैन कहिल्यै मान्छे त नसच्चिए
झुट्टा प्रमाण भेटिन्छन् समय नै छान्नुपर्छ हेर ।

परदेशमा पैसा कमाउन जान्छन् दुःख गरेर
घरको हालतलाई केही गर्छु  ठान्नुपर्छ हेर ।

रित्तो भयो शहर गाउँ भनी दुःख मान्नु हुँदैन
बेरोजगार भइरह्यो भने सम्हाल्नुपर्छ हेर ।
• झापा , बिर्तामोड ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button