प्रहार समाचार । तनहुँ ८ असोज २०८१ मङ्गलबार । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले डेङ्गी रोग संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ।

तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँ र व्यास न पा २ को दमौलीमा उक्त अभियान सञ्चालन गरेको नेपाल रेडकस सोसाइटी तनहुँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले बताए । शाखाले गत भाद्र गत भदौ ३० गतेदेखि उक्त अभियान सुरु गरी आजसम्म सञ्चालन गरेको बताइएको छ।

व्यास १ मा भएको खोज र नष्ट गर अभियानमा व्यास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, स्थानीय टोल सुधार समितिका पदाधिकारीहरु , बुद्धिजीवी , स्थानीय आमा समूह , क्लब लगायत आम नागरिकहरूको सहभागिता रहेको बताइएको छ ।

























