हेडलाईनभानुसमाचारगण्डकीसाहित्य

आदिकवि भानुभक्त आचार्यक १५६ औं स्मृति दिवश :  ‘नेपाली भाषाको एकिकाणमा भानुभक्त आचार्यको योगदान अतुलनीय छ ।’  – नगर प्रमुख त्रिपाठी 

प्रहार समाचार । तनहुँ ८ असोज २०८१ मङ्गलबार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो   चुँदीरम्घामा भानु भक्त आचार्यको   १५६ औं  स्मृति दिवस विभिन्न कार्यक्रमका साथ आइतबार  मनाइएको छ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको प्राङ्गढमा आयोजीत कार्यक्रममा नगर प्रमुख  आनन्दराज त्रिपाठीले भानुभक्त आचार्यको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको जत्तिको योगदान छ , त्यत्तिकै नेपाली भाषाको एकिकाणका लागि भानुभक्त आचार्यको योगदान    रहेको बताए । नगर प्रमुख त्रिपाठीले जुन रूपबाट भानुभक्तको सम्मान हुनु पर्ने हो त्यो हुन नसकेकोले राज्यको तर्फबाट पनि उच्च सम्मान हुनु पर्नेमा जोड दिए ।

नगरपालिकाकी उप प्रमुख उमा गोतामेले  भानु जन्मस्थललाई साहित्यीक एवं धार्मिक पर्यटकीय हव बनाउन पहल भैरहेको भन्दै  आ आफ्नो तर्फबाट सबैले सहयोग गर्न आग्रह गरिन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले भानु जन्मस्थलको लागि राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासो रहेको र गत आर्थिक वर्षमा ५ करोड बजेट विनियोजन भएको र उक्त रकमको ९९ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिँदै भानु जन्मस्थललाई सप्तधामको रुपमा विकासका लागि गुरुयोजना निर्माण भैसकेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सचिव सहदेव अधिकारी , काँग्रेस नगर सभापति रामकुमार श्रेष्ठ, नगर शिक्षा अधिकारी धु्रबराज पौडेल, वडा नं १ की अध्यक्ष कान्छीमाया तामाङ, भानु साहित्य उद्यनसमितिका उपाध्यक्ष श्रीभक्त आचार्य, पूर्व कार्यकारी निर्देशक नविनराज दाहाल लगाएतले भानुभक्त आचार्यको योगदानको चर्चा गर्नु भएको भानु नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख कृपाहरी लौडारीले जानकारी दिए ।

यसै बिच आचार्यको समाधि स्थल सतिघाट धाममा बिहान रुद्राक्षको एक सय ५६ वटा विरुवा रोपिएको थियो । प्रमुख त्रिपाठीको नेतृत्वमा भएको उक्त कार्यक्रममा भानु नगरपालिकाका जनप्रतिनिधि, स्थानीयको साथमा नेपाली सेनाको रुरु भैरव दल गणका सकल दर्जा, शसस्त्र प्रहरी बल मनकामना गण र नेपाल प्रहरीका पदीक तथा जवानको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button