प्रहार समाचार । तनहुँ ८ असोज २०८१ मङ्गलबार । आजबाट देशभर मौसममा फेरबदल आउने भएको छ । कोशी, मधेश, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज माथि उल्लेखित प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
उता आज लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।
भोली देशभर मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेकोवर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएको महाशाखाले जनाएको छ ।
























