प्रहार समाचार । तनहुँ ७ असोज २०८१ सोमबर । आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा गुणस्तर सुनिश्चितता समिति (आई क्यू ए सी) सबलीकरण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ।

पहाडकी रानीको उपनायले परिचित तनहुँको पुरानो ऐतिहासिक पर्यटकीय स्थल बन्दिपुरमा भएको उक्त गोष्ठीको व्यास नगरपालिकाका नगरप्रमुख एवं नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । त्यस अवसामा बोल्दै मेयय न्यौपानेले सामुदायिक क्याम्पसहरूमा छुद्र राजनीतिलाई प्रवेश दिन नहुने र क्याम्पसको भौतिक शैक्षिक आर्थिक गुणस्तरका लागि सञ्चालक समिति र प्राध्यापकहरुले निरन्तर प्रयास जारी राख्नु पर्ने बताए । नगर प्रमुख न्यौपानेले विद्यार्थी पलायन र आर्थिक स्रोतको सिमितता जस्ता संकटहरूबाट गुज्रिरहेका सामुदायिक क्याम्पसहरूले अभिभावक र विद्यार्थीहरूको विश्वास जित्नका लागि युग सुहाउँदो प्रविधि , शिक्षण विधि र सोध तथा अनुसन्धानलाई महत्व दिएर कार्यक्रमहरू अगाडि बढ्न सुझाएका थिए ।

सो अवसरमा बोल्दै बन्दीपुर गाउँ पालिकाका प्रमुख सुरेन्द्रबहादुर थापाले सामुदायिक क्याम्पसहरूले आपसमा सहकार्य गर्ने वातावरण निर्माण गर्न र आर्थिक स्रोत परिचालन गर्नका लागि क्याम्पसका सरोकारवालाहरूको विश्वास जित्ने कार्यक्रमहरू अगाडि ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं जनमैत्री क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले सामुदायिक क्याम्पसहरूले झेलेको वर्तमान समस्या उच्च शिक्षामा प्रभावकारी नीतिको अभावले आएको बताउँदै त्रिभुवन विश्वविद्यालय , विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा पुऱ्याएको योगदानलाई मनन गर्दै यि क्याम्पसहरूको विकास र सुधारमा महत्वपूर्ण कार्यक्रम नआएकोले सामुदायिक क्याम्पस र ती संस्थाहरू बीच विश्वासको संकट रहेको उल्लेख गरे ।

आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठले सामुदायिक क्याम्पसमा क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रशासनको सहयोगको रुपमा कार्य गर्नुपर्ने र गुणस्तर सुनिश्चित समुदायको सहयोग जुटाउनमा मुख्य भूमिका खेल्नुपर्ने बताएका थिए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग क्युए डिभिजनका उपनिर्देशक नारायण प्रसाद भण्डारी र त्रिभुवन विश्वविद्यालयका प्रा डा प्रदिपचन्द्र गौतमले नेपालको उच्च शिक्षा नीति र अवस्था , आन्तरिक र बाह्य गुणस्तर सुनिश्चित बीचको अन्तर, गुणस्तर सुनिश्चितता का बेन्चमार्कहरू , क्याम्पसको स्वमूल्याङ्कन प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने विषयहरू , दूरदृष्टि , अभियान , लक्ष्य र उद्देश्य विचको तारतम्य मिलाउने विधि र प्रक्रिया आदि विषयमा सहजीकरण गरेका थिए ।
उक्त गोष्ठीमा सहभागी क्याम्पसहरूको आइक्यूएसी समितिहरूले सम्पन्न क्रियाकलापहरू , क्याम्पसका असल अभ्यासहरू , क्यूएए प्राप्ति पछि क्याम्पसहरूले हासिल गरेका उपलब्धि र वर्तमान अवस्थामा क्याम्पसले झेलेका चुनौतीका विषयमा आफ्नो अनुभवहरू पेश गरेका थिए।
गोष्ठीमा क्युएए नवीकरणका लागि क्याम्पसहरूले गर्नुपर्ने तयारीको बारेमा छलफल गरिएको थियो। गोष्ठीका उद्घाटन सत्रका सहभागीहरूलाई आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख सागर पौडेल,
गोष्ठीमा क्याम्पसका आइक्युएसी कमिटीका सदस्यहरु – क्याम्पसका मानविकी तथा समाजशास्त्र विभागका प्रमुख एवं पब्लिक क्याम्पस प्राध्यापक सङ्घका गण्डकी प्रदेश अध्यक्ष बिमल , क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर अनमोल , क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर , लेखा अधिकृत विष्णुप्रसाद रिजाल समेतको सहभागिता रहेको थियो।
उक्त गोष्ठीमा १० जिल्लाका १३ वटा क्यूएए प्राप्त क्याम्पसका क्याम्पस प्रमुख , सहायक क्याम्पस प्रमुख, आइक्युएसी प्रमुख आइक्युएसिसका सदस्य र क्याम्पसका कर्मचारीहरूको सहभागिता रहेको थियो।
उक्त गोष्ठीमा आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका गरी २ सञ्चालक समितिका अध्यक्ष , आदिकवि भानुभक्त , वालिङ बहुमुखी , म्याग्दी , द्रव्य शाह , सप्तगण्डकी बहुमुखी र कुमारवर्ती बहुमुखी , सहिद नारायण पोख्रेल बहुमुखी क्याम्पस गरी ६ जना क्याम्पस प्रमुखहरूको सहभागिता रहेको थियो।
उक्त गोष्ठीलाई ‘ अ वर्कसप अन इन्टरनल क्वालिटि एसु अरेन्सः अ पाथवे टु कन्टिनुअस इम्प्रुभमेन्ट ‘ नाम दिइएको थियो । उक्त कार्यशालामा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्याययन (QAA Certificate) प्राप्त गरिसकेका र आदिकवि भानुभक्त क्याम्पससँग सस्थागत सहकार्यको सम्झौता गरेका ९ वटा समेत गरी १३ सामुदायिक क्याम्पसहरुको सहभागी रहेकाे क्याम्पसले जनाएको छ।
गोष्ठीमा वालिङ क्याम्पसका क्याम्पस प्रमुख भीमप्रसाद पंगेनी , आइक्युएससी प्रमुख खुमबहादुर गुरुङ , सञ्चालक समितिका सदस्य भोजराज गुरुङ , म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदी , गुप्तेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारी र आइक्युसी प्रमुख राजकुमार सुवेदीको उपस्थिति रहेको थियो । त्यसैगरि जनमैत्री बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझा , स्याट कोअर्डिनेटर बाबुराम भुसाल , ईएमआईएस कोर्डिनेटर रवि महर्जन र लेखा अधिकृत दीपक सिंह , मध्यबिन्दु बहुमुखी क्याम्पसका स्रोत तथा अनुसन्धान समितिका संयोजक चेतनारायण सापकोटा , बालकुमारी कलेजका आइ क्यूएसी कोअर्डिनेटर श्याम प्रसाद सेडाई र प्राध्यापक अनुपमणि बज्राचार्य , द्रव्य शाह बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष शीतलकाजी पाण्डे , समितिका सदस्य बाबुराम अर्याल , क्याम्पस प्रमुख एक देव अधिकारी र आइक्युएसी संयोजक रामचन्द्र दवाडीको उपस्थिति रहेको थियो । यसका गरि सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल र सहप्रशासक जगन्नाथ ढकाल , कुमारवर्ती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदी , सहायक क्याम्पस प्रमुख राजेन्द्र केसी र सहायक प्राध्यापक टोलाप्रसाद भुर्तेल , मर्स्याङ्दी बहुमुखी क्याम्पसका शाही क्याम्पस प्रमुख पदमबहादुर रावल र क्याम्पस प्रशासक डम्बरबहादुर आले , पृथ्वीनारायण क्याम्पसका क्युएएकोअर्डिनेटर अमृतकुमार भण्डारी र स्याट कमिटीका सदस्य डा . भावना पोखरेल समेतको उपस्थिति रहेको थियो।
सो अवसरमा आदिकवि भानुभक्त क्याम्पस र म्याग्दी बहुमुखी क्याम्पस , बेनी म्याग्दी तथा द्रव्यशाह बहुमुखी क्याम्पस , लक्ष्मी बजार गोरखा बीच संस्थागत सहकार्यको सम्झौतामा हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भएको थियो।
गोष्ठीको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त अवसरमा क्याम्पसको आइक्यूएसी प्रमुख विश्वेश्वर तेमेल्सिनाले गोष्ठीका सहजकर्ता द्वयलाई मायाको चिनो हस्तान्तरण गरेका थिए । गोष्ठीका लागि निःशुल्क स्थान उपलब्ध गराएकोमा होटल दरबार हिमालयन बन्दीपुरका प्रोप्राइटर बैस गुरुङलाई प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रम क्याम्पसको आइक्युएसी प्रमुख विशेश्वर तिमेलसेनाको अध्यक्षतामा भएको थियो।




























