हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा प्लान्ट ट्यागिङ कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ  ७ असोज २०८१ । तनहुँको व्यास नगरपालिका वडा नं १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा आज  प्लान्ट ट्यागिङ कार्यक्रम   क्याम्पसको वनस्पति उद्यानमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रमुख अतिको मन्तव्य व्यक्त गर्दै मानव र वोट बिरुवा तथा वनस्पतिको अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै बिरुवाको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

क्याम्पसको विज्ञान तथा प्रविधि विभागको आयोजनामा भएको उक्त कार्यक्रम विज्ञान दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको वनस्पति शास्त्रका उपप्राध्यापक प्रकाश गैह्रेले बताए ।

विज्ञान दिवस सप्ताह अन्तर्गत विज्ञान तथा प्रविधि विभागले शिक्षक कर्मचारी र विद्यार्थीहरूको रक्तचाप परिक्षण  , विज्ञान हाजिरी जवाफ , जिल्लाव्यापी विज्ञान शिक्षक तालिम , वनस्पति उद्यान गोडमेल तथा वृक्षारोपण कार्यक्रमको आयोजना यसअघि नै गरेको क्याम्पसले जनाएको छ ।

उक्त कार्यक्रममा क्याम्पस परिसरमा रहेको वनस्पति उद्यानमा रहेका विभिन्न जातिका २५ वटा बोट बिरुवाहरूको अगाडी वेल्डिङ गरी फलामको रडमा जोडिएको  फलामको पातामा वनस्पतिको नाम लेखिएको ट्यागिङ बिरुवाको अगाडि राखेर नामाकरण गरिएको छ ।


कार्यक्रमको सहजीकरण भौतिक शास्त्रका उपप्राध्यापक सागर न्यौपानेले गरेका थिए । कार्यक्रममा स्नातक तह विज्ञान शिक्षा विषय अध्ययन गर्ने प्रथम , दोस्रो , तेस्रो र चौथो वर्षका विद्यार्थी र विभागका सदस्य प्राध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रम विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button