हेडलाईनसमाचारप्रदेशखेलकुद

साफ यू–२० च्याम्पियनसिप भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

प्रहार समाचार । काठमाडौं ९ भदौ २०८१ आइतवार । भुटानलाई पराजित गर्दै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

 

आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो ।

त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोली   भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button