प्रहार समाचार । म्याग्दी ९ भदौ २०८१ आइतवार । बेनी–बागलुङ सडक पूर्ण रुपमा बन्द भएको छ । गएराती परेको अबिरला बर्षाको कारण म्याग्दीको बेनी नगरपालिका– १ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो ।

बाढीले झण्डै ६० मिटर बढी सडक कटान गरेर क्षति पुऱ्याएको छ । बाढीले सडक अबरुद्ध भएपछि गएराती पोखराबाट बेनी आउँदै गरेको ग २ च ९३५५ नम्बरको स्कार्पियो जीपलाई बाढीले बगाएर खोल्सामा खसालेको प्रहरीले जनाएको छ ।




















