हेडलाईनसमाचारविजनेसप्रदेश

नेपालको थप २ सय ५१ मेगावाट बिजुली किन्दै भारत

प्रहार समाचार ।  काठमाडौ ३ भदौ २०८१ सोमवार । भारतले नेपालको थप २५१ मेगावाट बिजुली किन्ने भएको छ ।  भारतले  नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने भएको काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

त्यस्तै, भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ। मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजान्छ।

२५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा  खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।नेपालले पहिलो पटक सन् २०२१ अक्टोबरमा  भारतलाई ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएको थियो। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button