हेडलाईनव्याससमाचारगण्डकी

ब्राह्मण समाज नेपाल तनहुँद्वारा सामुहिक रक्षा बन्धन कार्यक्रम

प्रहार समाचार । तनहुँ ३ भदौ २०८१ सोमवार ।
आज  रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व  देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ।  यसै अवसरमा ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँको आयोजनामा सामुहिक रक्षा बन्धन कार्यक्रम सम्पन्न भएको छ।

धर्म संस्कृति र संस्कारको जोगर्ना गर्न गराउन एवं जातीय सद्भाव कायम राख्नकालागि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दमौली बजारको अनसन चौतारीमा ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डे, पराशर आश्रमका गुरु र बटुकहरुले रक्षा सुत्र लगाई सामूहिक रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा १ सय ९९ जना  बिभिन्न जातजातिका मानिसहरुको उल्लेखनीय सहभागिता रहेको समाजका कोषाध्यक्ष गङ्गाप्रसाद पोख्रेलले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button