प्रहार समाचार । काठमाडौ ४ साउन २०८१ मङ्गलवार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज विहानै देखि गण्डकी प्रदेशका धेरै जिल्लाहरुमा पानी परिरहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।























