प्रहार समाचार । तनहुँ ३ भदौ २०८१ सोमवार । सामाजिक सञ्जालको भ्रममा नपरी नैमित्यिक कर्म श्रावणी सबैले धुम धामरूपले मनाउन वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिले आग्रह गरेको छ।

समितिका अध्यक्ष आचर्य पं कृष्णकान्त शाण्डिल्यायनले
आजको भद्रा मंगलकारी रहेको बताएका छन्। अध्यक्ष पं कृष्णकान्तले ‘भद्रायांद्वेकर्तव्ये श्रावणी फाल्गुनी तथा ।
श्रावणी नृपहन्ति च ग्रामं दहति फाल्गुनी ।। यही प्रमाणलाई लिएर रणाको छ , तर यो अल्प बिद्या भयंकरी भएको छ ‘ । समाजिक संञ्जाल फेसबुक मार्फत उनले भनेका छन् । यो प्रमाण अतिवृहद् अवकहोडा चक्रम् को हो तर मूहुर्तचिन्तामणिले र ज्योतिः सारले यसको पूर्ण समाधान गरेको छ – कुम्भे- कर्कद्वये मर्त्ये स्वर्गेव्जे जात्त्येलिगे । स्त्रीधनुर्जूक नक्रे$धो भद्रा तत्रेव तद्फलम् ।।- मुहुर्त चिन्तामणि ; यानै चन्द्रमा मकरमा भएमा भद्रा पातालमा रहन्छिन् त्यसको फल् — स्वर्गे भद्रा शुभं कार्यं पाताले च धनागमः। मृत्युलोकेय दाभद्रा सर्वकार्य विनाशिनि – ज्योतिःसार’ ।

अध्यक्ष पं कृष्णकान्तले अगाडी भनेका छन् – ‘मकर की भद्रा पातालकी र धनलाभकारी छन् । त्यसैले रक्षासूत्र सहित यज्ञोपवित ( रक्षा बन्दन ) धारणादि कार्य रमाएर गरौं भ्रममा नपरौं ‘ ।
यसै बिच ज्योतिषचार्य हरुले पनि जनैपूर्णिमामा भद्राको दोष नलाग्ने तर्क पेस गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।

‘कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ’, उनले बताए ।

























