प्रहार समाचार । काठमाडौं १ भदौं २०८१ आइतवार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका आरोपित बेचन झा पुर्पक्षका लागि जेल चलान भएका छन् । उनि जेल चलान भएसङ्गै अन्य आरोपीत तथा मतियारहरु माथि अनुसन्धान तथा कारबाही हुन्छ की हुँदैन ? भन्ने ठूलो प्रश्न यति बेला उठेको छ।

रास्वपाका सभापती रवि लामिछाने वर्तमान गठबन्दन सरकारले भष्टाचारीहरुका फाईल खेल्दै गर्दा शतारात सरकार परिवर्तन भएको र भ्रष्टचारी हरुलाई छानी छानी मन्त्रालमा पदाशिन गराईएको बताएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशसँगै उनी आइतबार जेल चलान भएका हुन् ।
झालाई केन्द्रीय कारागार सुनधारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए ।राजनीतिक नेतृत्वसँग पहुँच बनाएका झामाथि नक्कली शरणार्थी प्रकरणमा आर्थिक कारोबार मिलाएको आरोप लागेको थियो ।
























