हेडलाईनसमाचारबागमती

टुकुचाको बाटोमाथि भ्वाङ बालेन भन्छन्  ‘खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन’

प्रहार समाचार । काठमाडौँ २५ साउन २०८१ शुक्रवार । काठमाडौँको टुकुचा टुकुचाको सडकमा ठूलो भा्वाङ परेको छ। सडकको तल खोला भएपछि उक्त भ्वाङ परेको स्पष्ट देख्न सकिन्छ। यति मात्र होइन टुकुचा खोला माथि नै धेरै घरहरु रहेको बालेनले बताएका छन्।

 

सामाजिक सञ्जाल फेसबुक मार्फत आज बालेनले भनेका छन्  ‘ यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।
महानगर प्रमुख बालेनले अगाडी लेखेका छन् –   ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने छ ।

यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ‘ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button