हेडलाईनसमाचारगण्डकी

लमजुङ जिल्ला प्रशासन कार्यालय कार्य सम्पादनमा ५४ औं स्थानमा

• विजय अधिकारी ( संवाददाता ) लमजुङ जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालयको कार्य सम्पादन सम्झौता अनुसार ९० दशमलव ९३ अंक प्राप्त गरि कार्य सम्पादनमा ५४ औं स्थानमा परेको छ ।

 


नेपाल अधिराज्य भरका ७७ जिल्ला मध्य जिल्ला प्रशासन कार्यालय लमजुङले यति राम्रो अंक प्राप्त गर्दा पनि  ५४ औं स्थानमा परेको हो । प


लमजुङ जिल्ला प्रशासन कार्यालयले पहिलो त्रैमासिकमा २७ दशमलव ८७ , दोस्रो त्रैमासिकमा १६ दशमलव ६२ , तेस्रो त्रैमासिकमा १५ दशमलव ०६ र चौथो त्रैमासिकमा ३१ दशमलव ३७ अंक प्राप्त गरेको छ । त्रैमासिकको हिसाबले पछिल्लो त्रैमासिकमा कार्य  सम्पादनमा सुधार देखिएको छ ।
पछिल्लो समयमा सेवा प्रवाह , शान्ति सुरक्षा, विपद व्यवस्थापन तथा नागरिकका प्रत्यक्ष सरोकारका विषयमा प्रशासनले गर्नुपर्ने कामहरु द्रुत गतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए।


प्रजिअ गुरुङले गतवर्षका मुद्दाहरु बाकी रहेको , बेरुजु फर्छ्यौटमा ढिलाइ , लेखा अधिकृत सहित केही कर्मचारी नभएको लगायतका कारणले लमजुङ प्रशासन केही पछी परेपनि जिल्ला प्रशासन कार्यालयमा आफू हाजिर भएयता सबै कामहरूमा सुधार आएको दावी गरे ।  आफू आए पछीको चौथो त्रैमासिकको नतिजा अघिल्लो त्रैमासिकको भन्दा बढेको उनको भनाई छ।

कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालयहरु क्रमशः  ९८ अंक सहित रुपन्देही जिल्ला  प्रथम , ९७ दशमलव ७५ अंक सहित पाल्पा जिल्ला  दोस्रो र ९७ दशमलव ६२ अंक सहित बागलुङ जिल्ला तेस्रो भएका छन ।


त्यसैगरी छिमेकी जिल्ला मनाङ ९४ दशमलव ०५ अंक प्राप्त गरि २३ औं स्थानमा , कास्की जिल्ला  ९२ दशमलव ८१ अंक प्राप्त गरि ३८ औं स्थानमा , तनहुँ जिल्ला ९० दशमलव ५६ अंकका साथ ५६ औं स्थानमा र गोरखा जिल्ला  ९० दशमलव ५ अंक प्राप्त गरि ५७ औं स्थानमा परेका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button