हेडलाईनसमाचारप्रदेश

किन घटाईयो मन्त्री पौडेलको वरीयताक्रम ?

प्रहार समाचार । काठमाडौँ २४ साउन २०८१ बिहिवार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ मा पुगेको छ।

हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ । १६औँ वरीयताक्रममा रहेका मन्त्री पाण्डेलाई १४ औं स्थानमा राखिएको भने  अरू मन्त्रीको वरीयताक्रम यथावत् राखिएको छ।

राष्ट्रपति कार्यालयको पत्र :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button