साहित्यप्रदेश

गीतल : आकाश अधिकारी

आजकल मेरो आदत खराब भएको छ!
हसाउने रुवाउने साथी शराब भएको छ!

जतन गरी पिजडामा राखेर हुर्काएको हुँ!
स्वतन्त्रतमा निगरानी नै दरार भएको छ!

भूलचुक लिने दिने बिश्वास रहेंसम्म न हो!
समय सगै नाता सम्बन्ध करार भएको छ!

खडेरीमा आशा पलायो बादल लागेपछि!
छ्याङ्ग भो आकाश बादल फरार भएको छ!

तनहुँ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button