• विजय अधिकारी ( संवाददाता ) लमजुङ २४ साउन २०८१ बिहिवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्ब ११, चिती तिनपिप्ले सानो हटियाको एक घरबाट करिब ४ लाख नगद चोरीगरि भागेका एक युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका वडा नम्बर -३,घर भएका ३९ वर्षका हरि राना भएको प्रहरीले जनाएको छ । चिती तीन पिप्ले सानो हटियाका गणेशप्रसाद श्रेष्ठको घरमा १२ दिन अघि देखि काम गर्दै आएका रानाले बुधबार बिहान् १०.३० बजेको समयमा श्रेष्ठकै घर बाट नगद चोरी गरेर भागेको उजुरी परेको र उनको साथ बाट नगद ३लाख ७५ हजार १ सय ६० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए ।
उनका अनुसार – लुकिछिपी हिडिरहेको अवस्थामा श्रीमन्ज्याङ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले दोर्दी गाउँ पालिका-२, अर्चलबोटबाट पक्राउ गरेको हो । पक्राउ परेका युवक उपर खोजतलास गर्दा हराएको नगद फेलापरेको थियो ।
पक्राउ परेका राना बिहीबार जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमती लिएर चोरी सम्बन्धि कसुरमा अनुसन्धान अघि बढाउने प्रहरी निरीक्षक चपाइले प्रहार समाचारलाई बताए ।
























