हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज नागपञ्चमी : घरघरमा विधिपूर्वक नागको फोटो टाँसिंदै

प्रहार समाचार । तनहुँ २५ साउन २०८१ शुक्रवार । आज नागपञ्चमी । घरको ढोकामाथि विधि पूर्वक पूजा गरेर नागको फोटो टासेर नागपञ्चमी   मनाइँदैछ । यसका अतिरिक्त कुवा ,  पँधेरा तथा नागको मन्दिरमा पूजा गरी मनाइँदै छ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइने गरिन्छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।
यसरी पूजा गरेर  नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button