हेडलाईनसमाचारप्रदेश

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना  : चालक सहित पाँचको मृत्यू

प्रहार समाचार । काठमाडौँ २३ साउन २०८१ बुधवार । एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना  नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ। उक्त दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । आज दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । तस्विर : फाईल फोटो

घटनास्थलबाट ५ जनाको शव खोचजस्तो स्थानमा भेटेर माथि ल्याइएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले बताए । कुहिरोका कारण जहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ । हेलिकप्टरमा  क्याप्टेनबाहेक ४ जना यात्रु रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’ हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।उनीहरु सबैको मृत्यु भएको पुष्टि भएको  छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button