हेडलाईनसमाचारप्रदेश

एसइई को ग्रेड वृद्धि परीक्षा आज बाट : आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदै

प्रहार समाचार । काठमाडौँ २३ साउन २०८ बुधवार । माध्यमिक शिक्षा परीक्षा एसइई को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा  ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा अहिले  बिहान ११ बजेदेखि सुरु भई दुई बजेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए ।बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् । 

यस अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button