हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीमनोरञ्जन

शिव महिमा बोलबम धार्मिक महोत्सवको आज तेस्रो दिन : भक्तजनहरुको भिड

प्रहार समाचार । तनहुँ २३ साउन २०८१ बुधवार । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं –  २ , गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा शिव महिमा बाेलबम धार्मिक महाेत्सवको आज तेस्रो दिनमा पुगेको छ। हिजो दोस्रो दिन सौयौ भक्ततनहरुको बाक्लो उपस्थिति रहेको धामका अध्यक्ष हाेमनाथ लम्साल अर्जुनले जानकारी दिए । 

धार्मिक महोत्सवमा माधुर्य कथावाचक बालकृष्ण अर्यालले कथा प्रवचन गरेका ग । महोत्सवको समयमा शिव महिमा कथा वाचन, हरेक दिल साँझ महाआरती, धार्मिक गीति नाटक, भजन किर्तन लगायतका धार्मिक अनुष्ठान गरिनेछ आयोजकले जनाएको छ ।

च्यवनधाम र गाै संरक्षण केन्द्रकाे एकीकृत विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले उक्त महोत्सव आयोजना गरिएको   मुल समारोह समितिका संयोजक नारायण श्रेष्ठले वताए । 

धार्मिक अनुष्ठानको उद्घाटन गत  २१ गते साेमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। महोत्सव साउन  २८ गते सम्म सञ्चालन हुने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button