प्रहार समाचार । बंगलादेश २३ साउन २०८१ बुधवार । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा मुहम्मद युनुस
बनेका छन् । उनि नोबेल पुरस्कार विजेता हुन्। राष्ट्रपति भवनमा भएको एक बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको ढका ट्रीब्युन ले जनाएको छ ।
८४ वर्षय मुहम्द युनिस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरूको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरूले अन्तरिम सरकारको प्रमुखको रूपमा प्रस्ताव गरेका थिए ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिने युनिस लाई गत जनवरी महिनामा श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन ।