हेडलाईनसमाचारप्रदेश

वचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका व्यवस्थापक सहित तीनजना पक्राउ

प्रहार समाचार । काठमाडौ २३ साउन २०८१ बुधवार । वचत कर्ताको रकम हिनामिना गर्ने एक सहकारीका व्यववस्थापक ससित तीनजना  पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजधानी काठपाडौंमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक, सचिव र कोषाध्यक्ष रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको  छ ।

व्यूरोका अनुसार पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका सहकारीका सचिव गोविन्द पुरी, रामेछाप घर भई हाल काठमाडौँको चाबहिल बस्ने ३७ वर्षीय सहकारीका कोषाध्यक्ष महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय सहकारीका व्यवस्थापक ध्रुवराज कार्की रहेका छन् ।

सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनिहरुलाई कानुन बमोजिम कारवाहिकालागि प्रकृया अगाडी बढाइएको व्यूरोले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button