हेडलाईनसमाचारगण्डकी

लमजुङको उदिपुरको अधेरी खोलामा ग्याविन प्रखाल लगाउने काम अन्तिम चरणमा 

• विजय अधिकारी । ( लमजुङ संवाददाता ) । २३ साउन २०८१ बुधवार । अविरल बर्षा सगै माथिबाट आएको बाढी सहितको पहिरोका कारण सडकमा क्षति पुगेपछि सडक संरक्षणका लागि  बेसीशहर नगरपालिका वडा नम्बर १,उदिपुरको अधेरी खोलामा ग्याविन पर्खाल  लगाउने काम अन्तिम चरणमा पुगेको  छ ।

अधेरी खोलाको सडक संरक्षणका लागि एक सातादेखि ग्याविन पर्खाल लागाउने काम शुरु गरिए पनि निरन्तर परिरहेको पानीको कारण काम रोकिए पनि पुन:काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

डुम्रे-बेसीशहर-चामे सडक अन्तर्गत पर्ने अधेरी खोलामा पानी परेको समयमा धेरै जसो पहिरो आइ सडकमा क्षति पुर्याउने भएपछी सडक संरचनालाइ बलियो बनाउन ग्याविन पर्खाल लगाउने काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए ।


प्रजिअ गुरुङले  सडकको स्थलगत अनुगमन गर्दै बर्खाको समयमा पानी परिरहने भएका कारण सडक माथिबाट ढुङ्गा माटो बगाएर सडकमा थुपारी सडक भत्किने र सडक मुनि पहिरोले खोतलेर सडकलाई उच्च जोखिममा पारेको आकलन गरेपछि सडक संरचनाको काम चाडै सक्न सडक  आयोजनालाई निर्देशन दिदै समयमै यसको संरक्षण गर्न नसकिएको यसले आर्मी गणमा समेत क्षति पुर्याउन सक्ने आकलन गरेको बताउँछन् ।


 डुम्रे-बेसीशहर-चामे सडक आयोजनाले सडकमा सवारी साधन आवत-जावत सहज बनाउन ग्याविन प्रखाल लगाउने काम शुरु गरेको थियो ।
सडक आयोजनाका सव-इन्जिनियर सुमन अधिकारीका अनुसार उक्त सडक मर्मतको लागि ९ लाख ९४ हजार रुपैयाको लागत स्टेट्मेन्ट तयार गरेर काम शुरु गरिएको र दैनिक ९,१० जना कामदारहरुलाई काममा खटाइएको बताए ।


  उनका अनुसार – ग्याविन जालिको चेकवाल लगाउने काम सकिएको छ । सडक मुनिबाट रिटेनिङ साइडको २ वटा लेयर जाली भर्ने काम सकिएर ३ लेयरको काम शुरु भइरहेको जानकारी दिदै ७०% काम सकिएको र पानीले समस्या नपारे करिब २ दिन भित्र काम सक्ने गरि काम अघि बढाइएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button