हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम  : चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ २४ साउन २०८१ बिहिवार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसैको परिणाम स्वरूप आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ ।  बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको निर्यामित बुलेटिनमा उल्लेख छ। भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउनु पर्ने देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button