प्रहार समाचार । काठमाडौँ १९ साउन २०८१ शनिवार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा भदौ २५ गतेदेखि शुरू गर्ने भएको छ। बोर्डले हिंजो एक सूचना प्रकाशित गरि २५ गते परीक्षा सुरु गरिने जनाएको हो ।

हेरौं बोर्डको पत्र :

बोर्डले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने सूचना गरेको छ। एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय पनि यही दिन हुनेछ ।
परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्तगरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
























