प्रहार समाचार । महोत्तरी १६ साउन २०८१ बुधवार । महोत्तरीको बर्दिबास नगरपालिकाको माइस्थान जंगलस्थित रहेको ढुङ्ग्रेखोला पुल गए राती परेको भारी वर्षा पछि आएको बाढीले बगाएको छ।

गएराति दुईबजे आएको ठूलो बाढीले क्षतिग्रस्त भएपछि महेन्द्र राजमार्गमा यातायात सेवा ठप्प भएको छ। प्रहरी र प्राविधिक टोली उक्त पुलको मर्मतसम्भारमा खटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।
उनका अनुसार आज दिनभरमा पुल मर्मत गरिसक्ने गरी काम भइरहेको छ। ‘यात्रुवाहक हलुका सवारी माइस्थान, गौशाला हुँदै कान्तिबजार लक्ष्मिनियाँ भएर राजमार्गमा गुडेका छन भने हेभी गाडी गौशाला हुँदै फुलजोर मलंगवा हुँदै राजमार्ग पुग्ने गरेका छन,’ उनले भने ।

























